Wednesday, May 5, 2021

NEW BIG CASE DV-2021 CURTIS MORRISON BIG LAWSUIT (कर्टिस मोरिसन को नयाँ ल-सुट कसरी भर्ने )

बहु पक्षीय, समुहिक "बिग केस” 

यो मुद्दा डिभी– २०२१ का विजेताहरूका लागि गैरकानुनी रुपमा ट्रम्प प्रशासनद्वारा लागु गरिएको र त्यसपछि बाइडन प्रशासनद्वारा अपनाइएको भिसा नदिने नीति (NO VISA POLICY) लाई चुनौती दिने अवसर हो । यी नीतिहरूको कारणले केन्टकी कन्सुलर सेन्टर (KCC) मा डिभी– २०२१ का विजेताहरुद्वारा पेश गरिएका कागजातहरू समयमा जाँच नगर्ने र अमेरिकी राज्य विभागद्वारा डिभी वाहेक लगभग अन्य सबै प्रकारका भिसालाई प्राथमिकता दिइरहेको देखिन्छ ।

यो मुद्दा संयुक्त राज्य अमेरिकाको वासिंगटन डिसीमा रहेको जिल्ला अदालतमा दायर गरिदै छ। 




महत्वपूर्ण मितिहरू:

भाग लिनको लागि अन्तिम मिति:              ३१ मे, २०२१ ११:५९ पीएसटी (PST)

केस फाइल गर्ने मिति:                       जुन ०६, २०२१

उल्लेखित मितिहरु अन्तिम मितीहरु हुन् किनकी हाम्रो लक्ष्य जुलाई २०२१ मा पहिलो सुनुवाई गरेर प्रारम्भिक आदेशको लागि प्रस्ताव राख्ने छ । 



यो मुद्दामा भाग लिनको लागि डिभी– २०२१ का विजेताहरूले:

       १. डिएस– २६० (DS-260) फारम भरेर बुझाएको हुनुपर्छ र

       २. डिभी– २०२१ सँग सम्बन्धित अन्य कुनैपनि मुद्दामा सहभागि भएको हुनु हुँदैन ।



मुद्दामा भाग लिन लाग्ने खर्च:

यो मुद्दामा भाग लिन वकिल शुल्क प्रति परिवार १५०० अमेरिकी डलर तोकिएको छ । यो शुल्क परिवारको सदस्य संख्याले बढ्ने वा घट्ने हुँदैन ।

वकिल शुल्क कहिले तिर्ने भन्ने सम्बन्धमा डिभी– २०२१ का विजेताहरूको देशअनुसार फरक पर्नेछ । 

(क) नेपाल, क्युबा, इरान, भेनेजुएला, यमन वा अन्य कुनैपनि अफ्रिकी मुलुकमा बस्ने डिभी– २०२१ का विजेताहरूलाई मुद्दामा भाग लिनको लागि प्रारम्भिक शुल्क शुन्य डलर हुनेछ । अर्थात् कुनैपनि शुल्क लाग्ने छैन । तर तोकिएको शुल्क १५०० अमेरिकी डलर, अमेरिका प्रवेश गरेको तीन महिनाभित्रमा मासिक रुपमा ५०० अमेरिकी डलरको दरले बुझाउन सकिने व्यवस्था मिलाइएको छ ।


(ख) माथि उल्लेखित मुलुकहरू वाहेक अन्य सबै देशहरूमा बस्ने डिभी– २०२१ का विजेताहरूले मुद्दामा भाग लिनको लागि प्रारम्भिक भुक्तानी ५०० अमेरिकी डलर र अमेरिका प्रवेश गरिसकेपछि १००० अमेरिकी डलर तिर्नुपर्नेछ । 


Source: curtismorrisonlaw.com website

No comments:

Post a Comment